Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

समाचार


अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

१९ जेठ, बाँके । बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

१९ जेठ, एजेन्सी । अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय जगत्सँग संलग्न हुन र साझेदारी गर्न नइच्छुक रहेको सङ्केत गर्छ,” ह्युमन राइट्स वाचका महिला अधिकार

शुक्रबार नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

१९ जेठ, काठमाडाैँ । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ नयाँ उचाइ पुगेको छ। बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिकन ‘स्वाइन फिवर’ बाट चार सय बङ्गुर मरे

१९ जेठ, बागलुङ । अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् । बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेको

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन स्थगित

१९ जेठ, काठमाडाैँ । प्रतिनिधि चयनलगायतका विषयमा विवाद देखिएपछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ १९ र २० गते काठमाडौँमा आयोजना गरिएको सो महाधिवेशनका लागि तयारी पूरा भए पनि एक समूहले क्याम्पस इकाइ समितिका सभापति एवं महाधिवेशन प्रतिनिधिलाई फर्जी भनेपछि महाधिवेशन स्थगित गरिएको सङ्घका

सिभिल अस्पताल अगाडी मोटरसाइकल र पिकअप ठोक्किए, एक जना घाइते

१९ जेठ, काठमाडाैँ । काठमाडाैँको सिभिल अस्पताल अगाडी सवारी दुर्घटना भएको छ। शुक्रबार बिहान १०ः ५० बजे सिभिल अस्पताल अगाडी बिचको लेनमा बा १८ च ९६६५ को बोलेरो पिकअपसँग विपरित दिशाबाट आएको बागमति प्रदेश-०२-०२६ प १८७७ नम्बरको यामाहा R15 मोटरसाइकल ठोक्किएको हो। उक्त घटनामा मोटरसाइकलमा सवार १ जना घाइते भएका छन्।

एकीकृत समाजवादीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

१९ जेठ, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण काे सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात

इन्दोर पुगे प्रधानमन्त्री प्रचण्ड

१९ जेठ, काठमाडाैँ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुगेका छन्। इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे। विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर

विवाह अगाडि १२ पास गर्नेलाई २० हजार

१९ जेठ, हेटाैँडा । मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई रु २० हजार नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका

सार्वजनिक कार्यक्रमस्थलमै लडे अमेरिकी राष्ट्रपति बाइडेन (भिडियो सहित)

१९ जेठ, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक कार्यक्रमस्थलमा लडेका छन् । बिहीबार कोलोराडोमा आयोजित एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ जाँदा लडेको भिडियो सार्वजनिक भएको छ । यसबारे ट्वीटमार्फत जानकारी दिँदै ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले राष्ट्रपति बाइडेन बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर

सम्वन्धित समाचारहरु