Trending
>>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाचार


नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताएका छन् । सोमवार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४ औं समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी संगठनलाई प्रविधिमैत्री, पारदर्शी र पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका हुन् । साइबर अपराध,

मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान

काठमाडौँ।‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक लेखक वीणा जोशी (राजभण्डारी)लाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको छ । विराटनगरमा जन्मिएर काठमाडौंमा हुर्किनुभएकी जोशीलाई २०८२ सालको मदन पुरस्कार अर्पण गरिएको हो । नृत्य कलाविद् जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक २०८३ जेठ ३ गते विमोचन भएको थियो ।

पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रकियाअनुसार हुँदै जाने बताएका छन् । पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्यता आवश्यक पर्ने बताएका छन् । उनले नयाँ पुस्तालाई तालिम, क्षमता

मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको बताएका छन् । सरकारले जल तथा मौसम पूर्वानुमानको क्षमता विस्तार गर्दै तीन दिनअघिसम्मको पूर्वानुमान गर्न सकिने अवस्थाबाट सात दिनअघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकासमा काम गरिरहेको बताएका छन् । उनकाअनुसार मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निरन्तर निगरानी

दशैँघरमा जमरा राखियो

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ । आईतवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत ११ः४७ बजे जमरा राखिएको छ । सो अवसरमा नेपाली सेनाको ब्याण्ड

गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी

काठमाडौं ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग आईतवारबाट खुलाउने तयारी गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक चर्किएर भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम भइरहेको हो । आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे–मुग्लिङ

भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु

काठमाडौं ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग आईतवारबाट खुलाउने तयारी गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक चर्किएर भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम भइरहेको हो । आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे–मुग्लिङ

बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति

काठमाडौं ।बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो भौतिक क्षति पु¥याएको छ । बाढीले घर, झोलुङ्गे पुल र जलविद्युत आयोजनाका संरचना बगाउनुका साथै तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै तनहुँ, मुग्लिन र चितवनसम्म सतर्कता अपनाउन आग्रह गरिएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन

बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो

काठमाडौं ।गोरखाको जगत क्षेत्रबाट बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण बेनीघाटसम्मको क्षेत्रमा उच्च जोखिम देखिएको छ । नदीमा गेग्रान मिश्रित ठूलो बहाव आएपछि आरुघाटस्थित बाढी मापन केन्द्र र पुल बगेका छन् । बाढीको जोखिमलाई मध्यनजर गर्दै बाढी पूर्वानुमान शाखाले त्रिशूली र नारायणी करिडोरका तटीय क्षेत्रमा आज दिनभर उच्च शतर्कता अपनाउन

बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग

काठमाडौं ।गोरखाको बुढीगण्डकीमा आईतवार बिहान आएको बाढी र पहिरोको मुख्य कारण केबल वर्षा मात्र नभई, पहिरोले खोला थुनिँदा (ड्यामिङ) सिर्जित विपद् हुनसक्ने प्रारम्भिक निष्कर्ष मौसम विज्ञान विभागले निकालेको छ । विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले पछिल्ला केही दिनमा रेकर्ड गरिएको वर्षाको मात्रा सामान्य रहे पनि त्यसले पहिरो निम्त्याउन पर्याप्त भुमिका

सम्वन्धित समाचारहरु