Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

समाचार


मापदण्डविपरीतका संरचना हटाउँदै सिरहा नगरपालिका

१२ वैशाख, सिरहा । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।

गण्डकीमा सरकार गठनका लागि आह्वान

१२ वैशाख, पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार तीन दिन (वैशाख १४ गते दिनको ४ बजे) भित्रमा सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भूकम्पले भत्किएका सिन्धुपाल्चोकका सबै विद्यालय भवन पुनःनिर्माण

१२ वैशाख, सिन्धुपाल्चोक । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका रहेका सबै विद्यालय भवन पुनःनिर्माण सकिएको छ । भूकम्पका कारण यहाँका सबैजसो विद्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका विद्यालय दाता र सरकारको सहयोगमा आठ वर्षमा पुनःनिर्माण सम्पन्न भएको हो । भूकम्पको डेढ वर्षपछि सुरु भएको पुनःनिर्माण यो आर्थिक वर्षभित्र अन्तिम चरणमा पुग्ने

बारपाकमा भूकम्प स्मृति दिवस मनाइँदै

१२ वैशाख, गोरखा । गोरखा भूकम्प गएको आठ वर्ष पुगेको अवसरमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमनत्री सीता गुरुङलगायतको उपस्थितिमा सो कार्यक्रम गरिएको हो । समारोहमा गृहसचिव विनोदप्रकाश सिंह, सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, गाउँपालिकाका पदाधिकारीको सहभागिता

सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : रवि लामिछाने

१२ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताउनुभएको छ । चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए । उनले सुशासनको आशा सबैभन्दा बढी

७ लाखभन्दा बढी नक्कली नोटसहित महिला पक्राउ

१२ वैशाख, धनुषा । धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । अनुकुमारीको साथबाट एक हजारको नक्कली नोट ४९२ थान

पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ : प्रधानमन्त्री प्रचण्ड

१२ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन् । गोरखा भूकम्पको स्मृतिका अवसरका आज सन्देश दिँदै प्रधानमन्त्रीले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसके पनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट

सुडान सङ्कटः युद्धरत पक्ष युद्धविरामका लागि सहमत

१२ वैशाख, एजेन्सी। सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । सोबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी

सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो

१२ वैशाख, काठमाडाैँ । राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो ।

बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

१२ वैशाख, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन

सम्वन्धित समाचारहरु