Trending
>>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला >>   सरकारसँग व्यापारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस्
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

हेरेकै भरमा उपचार गर्छु भन्नेलाई कारबाही गर्न चिकित्सक संघको माग


५ जेठ, काठमाडाैँ । आँखाले हेरेकै भरमा रोग निको बनाउछु भन्दै हिड्नेलाई कानुन बमोजिम कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।

शुक्रबार विज्ञप्ती निकाल्दै संघले यस प्रकारका कार्यमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्न सरकार तथा सरोकारवाला निकायसँग माग गरेको हो।

संघले यस्ता अस्वाभाविक र वैज्ञानिक रुपमा पुष्टि हुन नसकेका कुरालाई बन्द गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “हालै समाजिक सञ्चालनमा व्यापक मात्रामा आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको हुने विश्वास भन्दै सर्वसाधरण नागरिकमा भ्रम सिर्जना गरेकोप्रति नेपाल चिकित्सक संघको ध्यानकर्षण भएको छ।”

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रप्रति नै भ्रम सिर्जना हुनु गलत भएको संघको ठहर छ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?