Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

समाचार


१८ जनाको शव संकलन

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। १८ जनाको शव संकलन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानमा १९ जना सवार रहेकाेमा घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको अवस्था बुझ्न पर्यटन मन्त्री बद्री पाण्डे विमानस्थलमा

काठमाडाैं । विमान दुर्घटनाको अवस्था बुझ्न पर्यटनमन्त्री बद्री पाण्डे विमानस्थल पुगेका छन् । नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारी सहित उनी विमानस्थल पुगेका हुन् ।

बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए सपथ

हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले सपथ लिएका छन् । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्री नियुक्त भएका छन् । उनीहरुको जिम्मेवारी पछि तोकिनेछ । त्यस्तै एमालेका ६ मन्त्रीले पनि सपथ लिएका छन् ।

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा जाँदै थियो सौर्यको जहाज !

काठमाडौं । पोखरा विमानस्थलका लागि परीक्षण उडानमा निस्किएको जहाज त्रिभुवन विमानस्थलको रनवे छाड्नेबित्तिकै दुर्घटनामा परेको खुलेको छ ।सौर्य एयरलाइन्सको ८ एन एएमई (सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि निस्किनेबित्तिकै दुर्घटनामा परेको हो । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो

काे काे थिए सौर्य एयरलाइन्सको जहाजमा? (विवरणसहित)

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए ।  

विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री विमानस्थल जाँदै

काठमाडाैं । विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा विमानस्थल जाँदै हुनुहुन्छ । नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ ।

खुल्याे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार विमानस्थल एक घण्टा बन्द भएको थियो ।

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको पाइलट मनिष शाक्यको जीवित उद्धार

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। । दुर्घटनापछि विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा सवार १९ मध्ये २ जनाको शव फेला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। दुर्घटनापछि विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोलीले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनापछि विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली प्रयासमा छन् । जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

सम्वन्धित समाचारहरु