जर्मनी । फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति जर्मनीले निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ। नेपाली कांग्रेस पार्टीद्वारा माघ १४ गते जारी गरिएको निर्वाचन प्रचार–प्रसार समिति गठन सम्बन्धी परिपत्रअनुसार, नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काको अध्यक्षतामा सम्पन्न बैठकले संस्थापक सभापति दिल
-दिलबहादुर गुरुङ म तपाईंहरूलाई यो कुरा स्मरण गराउन चाहन्छु कि नेपालमा प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रता सहज रूपमा आएको होइन। यी अधिकारहरू प्राप्त गर्न नेपाली कांग्रेसले धेरै त्याग र बलिदान दिएको छ। पचासौँ वर्षको लामो संघर्षपछि २०४६ सालमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपालमा लोकतन्त्र
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले राजीनामा दिएका छन् । बैंकिङ कसुर मुद्दामा निलम्बनमा परेका शेरचन हाजिर जमानीमा रिहा भई निलम्बन फुकुवा भएपछि पदबाट अलग भएका हुन् । उनको राजीनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितिले अर्का २५ वर्षभन्दा बढी बैंकिङ अनुभव भएका सुमन शर्मालाई चार वर्षका लागि
काभ्रेपलाञ्चोक । गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा जिल्लामा प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि सुरु भएको सेवाबाट पाँच महिनामा चार हजार १७७ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्लाका सबै १३५ वडाबाट एकसाथ सुरु गरिएको यो सेवाअन्तर्गत वडाले आवश्यक कागजात अनलाइनमार्फत स्क्यान
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन निर्वाचन आयोगले यसपटक स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता दिएको छ। आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश र जिल्लाबाटै खरिद गरिँदैछ। केन्द्रबाट आवश्यक १४ प्रकारका सामग्री मात्र खरिद हुनेछन्, जसको अधिकांश जिम्मेवारी जिटुजी अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई दिइएको
काठमाडौं । काठमाडौँको मुलपानी क्षेत्रमा सक्रिय लुटपाट गिरोहविरुद्ध प्रहरीले कडा कारबाही गरेको छ। गएराति विशेष अपरेशनका क्रममा गोली चलाउँदै १० जना लुटेरालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना र नगद लुट्ने घटनाहरू बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भएको हो। एसएसपी रमेश थापाका अनुसार पक्राउका
जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी (२०२५-२०२७) को पदस्थापना तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। आईतवार (२५ जनवरी) मा बर्लिनमा एक कार्यक्रमकाबीच लोकमणि ढकाल नेतृत्वको कार्यसमितिले कार्यभार सम्हालेको हो । नेपाली राजदुतावास जर्मनीका कार्यवहाक राजदुत सागर फुयालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । एनआरएनए जर्मनीको ४ साउन
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पदबहाली गरेपछि पुरानो सूची हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। यद्यपि, वेबसाइटमा थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अझै अपलोड गरिएको छैन। पदाधिकारीहरूको फोटो, नाम र सामाजिक सञ्जाल लिंकसहित सामग्री
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आउँदो निर्वाचनलाई लक्षित गर्दै गोरखा–१ अन्तर्गत चुमनुब्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन् । उनले ‘विकास, इमानदारी र परिवर्तन’को सन्देशसहित अभियानको पहिलो दिन स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने बताएका छन् । अभियानको सुरुआत गर्दै उनले यो यात्रा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्। नेपाली सेनाका अधिकारी र उच्च कर्मचारीसहित उनले आयोजनाको प्रगति अवलोकन गर्दै निर्माण कार्य तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्। उनले आवश्यक सहयोग सरकारबाट हुने आश्वासनसमेत दिइन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिब ७१ किलोमिटर लामो द्रुतमार्ग