काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्नुपर्ने बहस भएको छ । समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दलाई हटाएर अन्य उपयुक्त शब्द राख्नुपर्नेमा जोड दिएका हुन् । सांसदहरुले ‘वेश्यावृत्ति’ शब्दलाई विस्तारै
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानून खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानून सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उनले यस्तो
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा प्रवासी नेपालीका समस्या र माग राख्ने अवसर नपाएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ । समाजका पूर्वअध्यक्ष ठाकुर खनालले विगतमा नेपालका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्व भारत भ्रमणमा आउँदा नेपाली दुतावासले प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था मिलाउने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह स्वदेश फर्किएका छन् । सोमवार साँझ दुई दिने भारतको राजकीय भ्रमण सकेर साह त्रिभूवन अन्तर्राीष्ट्रय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् भारत भ्रमणका क्रममा साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा साहले नेपाल र
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताएका छन् । सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री साहले दुई देशबीचको सम्बन्धलाई नयाँ पुस्ताको अवसर र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं ।नेपाल र भारतबीच ऊर्जा, यातायात, प्रविधि र पूर्वाधार विकासलाई केन्द्रमा राखेर सहकार्यका नयाँ परियोजना अघि बढाइएका छन् । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा सोमवार दुई देशबीच विभिन्न आठ क्षेत्रमा समझदारी हुनुका साथै महत्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाको उद्घाटन र शिलान्यास गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेका छन् । सोमवार भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले उक्त सहायता प्याकेज घोषणा गरेका हुन् । गत अगस्टमा नेपालमा
अन्ताल्या, टर्की । कृष्णा पौडेल संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । कोप–३१ मा अनुकूलन, अनुकूलन कोष र न्यायोचित संक्रमण कार्य कार्यक्रम जस्ता प्रक्रियागत रनिर्णय भए पनि सम्मेलनको मुख्य राजनीतिक सम्झौता
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह आईतवार अपरान्ह नयाँ दिल्ली पुगेका हुन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।