काठमाडौं। काठमाडौं महानगरपालिकाको १४औँ नगरसभा सुरु भएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा सुरु भएको हो । उक्त महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ भने२५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि विविध कारणबस रोकिएको थियो ।
काठमाडौं। सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ । “नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो
काठमाडौं। निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची-१
काठमाडौं। अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत अन्तर–सरकारी उपसमिति (आइजीएससी) को बैठक काठमाडौंमा सम्पन्न भएको छ । पुस २७ र २८ गते दुई दिनसम्म चलेको बैठकमा विभिन्न मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए ।
गण्डकी। गण्डकी प्रदेश सरकारले गत बर्खे अधिवेशनमा ल्याएका दुई विधेयक प्रदेश सभाको विषयगत समितिमा दफाबार छलफलका क्रममा छन् । उक्त प्रदेश मामिला तथा कानुन समितिमा आमसञ्चार र सामाजिक विकास तथा कृषि समितिमा बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ । प्रदेश सभामा सैद्धान्तिक छलफलपछि दुवै विधेयकलाई दफाबार
काठमाडौँ। खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडाँैमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्नुहुँदै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ ।” उनले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा
काठमाडाैँ। नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको
दाङ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।मन्त्री शर्माले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको संचार मन्त्रीको सचिवालयले जनाएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त
काठमाडाैं । सत्ता पक्षीय गठबन्धन द्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले चारबुँदे निर्णय गरेकाे छ । समितिका संयोजक रमेश लेखकको संयोजकत्वमा समितिका सदस्यहरु वर्षमान पुन, मनिष सुमन, डा. विजय पौडेल,र गोविन्द चौधरीको उपस्थितिमा निर्णय भएकाे हाे । सचिव केशवराज जोशीका अनुसार यस्ता छन चारबुँदे निर्णयः १. राष्ट्रिय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य छ । लक्ष्यमा सहयोग पु¥याउन इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गर्न लागिएको हो