Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

‘डिभी’ हटाउने अमेरिकाको तयारी, नेपाल सहित विभिन्न देशका पचास हजार आप्रवाशी प्रभावित !


अमेरिका । डाइभर्सिटी भिसा अर्थात् डिभी कार्यक्रम बन्द गर्नेगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति सार्वजनिक गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार सार्वजनिक गर्न लागेको नयाँ आप्रवासन नीति अनुसार अब डिभी कार्यक्रम बन्द हुनसक्ने छ भने ग्रिनकार्ड लिन समेत अझ कठिन हुनेछ । यद्यपि ट्रम्पले डीभी चिट्ठा कार्यक्रम बन्द गरे पनि यो वर्ष डीभी परेकाले भने अमेरिका जान पाउनेछन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पको घोषणामा अमेरिकाले ग्रिन कार्डका लागि पनि कडा नियम लागू गर्नेछ । यसअनुसार हरेक वर्ष ११ लाख जनालाई मात्र ग्रिनकार्ड उपलब्ध गराइने तथा ग्रिनकार्ड लिनका लागि कठिन परीक्षा दिनुपर्नेछ ।नयाँ घोषणामा उच्च दक्षता भएका आप्रवासीलाई बढी महत्व दिइनेछ भने पारिवारिक सम्बन्धका आधारमा अमेरिका आउन चाहने आप्रवासीका लागि लागू गरिएको कार्यक्रम समेत खारेज गर्नसक्ने बताइएको छ ।

अमेरिकाले हरेक वर्ष १० लाख भन्दा धेरैलाई ग्रिनकार्ड दिने भएपनि केबल १ लाख ४० हजारले मात्रै रोजगारीका आधारमा ग्रिनकार्ड पाउने गरेका छन् भने बाँकी पारिवारिक सम्बन्ध, शरणार्थी, डीभी चिट्ठा कार्यक्रम लगायतबाट अमेरिका आउनेले ग्रिन कार्ड पाउने गरेका छन् । अब रोजगारी तथा दक्षताका आधारमा ग्रिनकार्डलाई प्रोत्साहन गरिने बताइएको छ । यद्यपि उनको नीति कङ्ग्रेसबाट पारित हुनेमा भने आशंका रहेको अमेरिकी सञ्चारमाध्यमको भनाइ छ ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?