काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । सुनुवाइ समितिका सदस्य लिलानाथ श्रेष्ठले न्यायाधिशमा सिफारिस सबै ६ जनाको नाम अनुमोदन भएको जानकारी दिएका छन् । त्यस्तै, न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश
काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । उक्त बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । त्यस्तै, मंगलबारको बैठकमा ती विषयमा छलफल मात्र भएकाले आज निर्णय हुने एक नेताले जानकारी दिएका छन् । उक्त बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा
काठमाडौं। नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् । पार्टीको मध्य पहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरूको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेको पनि उनले बताएका हुन् । त्यस्तै, न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव
४ ,पुष ,काठमाडौँ । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । उनले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौँमा आयोजना हुने नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा
३ ,पुष ,काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिएका छन् । मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहसचिव, महानिर्देशक तथा मातहतका विभिन्न सार्वजनिक निकायका प्रमुखमाझ खरोरूपमा प्रस्तुत हुँदै यस्तो निर्देशन दिएका हुन् । आर्थिक वर्ष २०८०/८१ को मङ्सिर
३ ,पुष ,काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक भएको बताएकि छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आज दमकमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उनले शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो रहेको बताईन् । सरकारले
३ ,पुष ,मनहरी (मकवानपुर) । अर्थमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे । मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर
३ ,पुष ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको सो भेटमा उनिहरुबीच नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
लुम्बिनी। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प हुन नसक्ने बताएका छन् । उनले देशमा लोकतन्त्रको विकल्प खोज्ने र अनेक प्रकारका प्रचारबाजी गर्ने गरिएको भए पनि देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्थाको कुनै विकल्प हुन नसक्ने स्पष्ट गरे । अध्यक्ष केसीले धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यसका
काठमाडौं। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापनाको पक्षमा जनदबाब सिर्जना गर्न वृहत आन्दोलन गर्ने भएको छ । आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनमा उत्रिने निर्णय लिएको हो । त्यस्तै, तीन दिनसम्म काठमाडौंमा चलेको बैठक विभिन्न सात बुँदे निर्णयसहित सम्पन्न भएको छ । राप्रपाले विभिन्न जनजीविकाका मुद्दाका