Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

रवि लामिछानेलाइ गृहकै कमाण्ड ! अरू काे काे मन्त्री बन्दैछन?


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारबाट कांग्रेस, एकीकृत समाजवादीलगायतका दल बाहिरिने निश्चित भएसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाबाट उपेन्द्र यादव, माओवादी केन्द्रबाट वर्षमान पुन र नेकपा एमालेबाट पदम गिरीले मन्त्रीका रुपमा सपथ खाने सम्भावना छ ।

रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री, उपेन्द्र यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, वर्षमान पुन अर्थमन्त्री र पदम गिरी स्वास्थ्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ । प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारमा आज ४ जना मन्त्रीले सपथ खाने भएका छन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?