Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण, कांग्रेस साेझै सत्ताबाट सडकमा !


काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ । मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ । प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउँछौँ ।’

त्यसका लागि नयाँ गठबन्धनको बैठक बसिरहेको उनको भनाइ छ । एमालेसहितको नयाँ सत्ता समीकरणले वामपन्थी एकताको दिशामा लैजाने उनको भनाइ छ । ‘अहिले पार्टी एकताको कुरा त चलेको छैन । यो कदमले त्यस दिशातिर लैजान्छ । वामपन्थी ध्रुवीकरणतिर लैजान यो कमल चालिएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

उनले समाजवादी मोर्चा पनि निरन्तर रहने बताए । ‘माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने हाम्रो निर्णय छ । विप्लवजीलाई पनि समेट्छौँ । यसमा एमाले पनि सकारात्मक नै छ,’ उनले भने ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?