काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोईरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारबिरुद्ध लागिपरेको बताएका छन् । मंगलवार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि बिरोधीहरु सपना साकार पार्न नदिन लागिपरेको उल्लेख गरेका
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । सत्तारुढ दलहरूले पनि सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन् । कांग्रेसका नेता डा शेखर कोइरालाले पनि यस विषयमा मुख खोलेका छन् । उनले यस कदमलाई सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका छन् ।
काठमाडौँ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक स्पष्टिकरण सोधेको थियो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टिकरण दिएका थिए ।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्ने भएका छन् । सोमवार बसेको मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरिएको हो । प्रधानमन्त्री ओलीले चैत्र १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिनुहुने भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
काठमाडौं । प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न सहमत भएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमत भएका हुन् । यसअघि
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटका एक मन्त्रीले दिएको जानकारी अनुसार, सोमबार साँझ साढे ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबारको मन्त्रिपरिषद् बैठक नियमित हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
काठमाडौं । शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । राजधानी दैनिकका अनुसार प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने संकेत गरेका छन् । राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, हिन्दू राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री ओलीले यसबारेमा मा थप छलफल गर्दै अगाडि बढ्न खोजेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले उपलब्ध श्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् । आईतवार नेपाल सरकारको आर्थिक वर्ष २०८०÷०८१ मा सम्पदाति प्रमुख कार्यहरु समेटी तयार पारिुएको सरकारको ९ औं वार्षिक प्रतिवेदन ग्रहण गर्दै