Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

चैत्र १९ गतेदेखि प्रधानमन्त्री थाइल्याण्ड भ्रमणमा जाने


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्ने भएका छन् ।

सोमवार बसेको मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरिएको हो । प्रधानमन्त्री ओलीले चैत्र १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिनुहुने भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । उनकाअनुसार बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा लगायतका मन्त्रीहरु सहभागी हुने पनि बताए ।

उनले भने, ‘२०८१ चैत्र १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिन सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बिमस्टेक छैटौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गर्ने । सो भ्रमणमा परराष्ट्रमन्त्री लगायत सहभागी हुने ।’

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले बिमस्टेक छैटौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गरेको हो ।


प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?