२२ भदाै, काठमाडाैँ । नेपाली कांग्रेस निकट युवा संगठन, नेपाल तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ । सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरूण दलले विरोध प्रदर्शन गरेको हो । काठमाडाैँको रत्नपार्कबाट सुरू गरिएको विरोधमा संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको थियो । उनीहरूले सहमहामन्त्री यादवमाथि नियोजित रूपमा आक्रमण
२२ भदाै, बर्दिया । एकीकृत सम्पत्ति कर एवं अन्य करको विरोध गर्दै राजापुर नगरपालिकामा तालाबन्दी भएको छ। कर वृद्धिको विरोधमा विभिन्न राजनीतिक दलले शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै राजापुर बजारसमेत बन्द गराएका छन्। नेपाली कांग्रेस, नेकपा –एमाले), राप्रपा, नागरिक उन्मुक्ति, नेकपा (एस), राष्ट्रिय जनमोर्चालगायत दलले तालाबन्दी सँगै बजार बन्द गरेका
२२ भदाै, काठमाडाैँ । भदौ २४ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । अर्को बैठकको मिति र समय राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद
२२ भदाै, एजेन्सी । चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गरेका छन् । साथै उनले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतिकरण गर्ने अभ्यासको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताएका छन् । इन्डोनेशियाको राजधानी जकार्तामा भएको दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान) को ४३ औँ शिखर सम्मेलनका क्रममा
२२ भदौ, काठमाडाैँ । सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन् । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास, समृद्धि, सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिइन् । निजामती प्रशासनले निर्वाचन
२२ भदाै, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन्। बीसौँ निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्र मन्त्रिपरिषद्ले विधेयक संसद्मा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास व्यक्त
२२ भदाै, बागलुङ । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ । सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी थालेको छ
२२ भदाै, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भइ असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुने छ । अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा
२२ ,भाद्र ,काठमाडौँ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर हरेक वर्ष आजकै दिन देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाउने गरिन्छ । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित प्रशासनको
२२ ,भाद्र ,मनहरी (मकवानपुर) । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रकृतिपूजक चेपाङ समुदायको महत्त्वपूर्ण पर्व छोनाम अर्थात् न्वागीका अवसरमा बागमती प्रदेश तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने चेपाङ दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आज यहाँ शुभकामना सन्देश जारी गर्दै नयाँ अन्न खाने दिनका