Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारीबाट विजयादशमीको शुभकामना 


काठमाडौँ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको बताएकि छिन ।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले बडादसैँले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने  विश्वास गरिन ।

“देशविदेशमा छरिएका परिवारका सदस्यबीचको पुनर्मिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिनेजस्ता मौलिक परम्पराले गर्दा बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ”, उहाँले शुभकामना सन्देशमा भनेकी छिन ।

‘असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँ पर्वको आर्थिक र सामाजिक पक्षसमेत उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले देश र परदेशमा रहेका परिवारका सदस्य भेला भएर मान्यजनबाट टीका र जमरासहित आशीर्वाद लिने पर्वका रूपमा दसैँले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको बताउनुभएको छ ।’


प्रकाशित मिति: ७ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?