Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

राजनिति


उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

काठमाडाैं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । यही मङ्सिर १८ देखि २० गतेसम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दैै सम्मेलनमा सहभागी भएका थिए । नेपाली टोलीमा रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली

एमालेको पध्यपहाडी यात्राको सुरक्षामा कुनै कमी हुन दिन्नौँ : कोशी सुरक्षा प्रमुख

काठमाडौं। कोशी प्रदेशका सुरक्षा निकायले एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको सुरक्षाका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नेता, कार्यक्रमस्थल, रुट र यात्रामा सहभागीको सुरक्षामा कुनै समस्या नहुने दाबी गरेका हुन् । एमालेको झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध गर्ने गरी पहिचानवादीले बन्द, हड्ताल

अष्ट्रेलियाको राजधानीसँग काठमाडौं भगिनी सम्बन्धको पहल सुरु

काठमाडौं। अष्ट्रेलियाको राजधानी सहर एसिटी र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको पहल थालिएको छ । हालै अष्ट्रेलिया सरकारको निम्तोमा गएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल र एसिटीका मुख्यमन्त्री एन्ड्रीयु जेम्स बार्रबीच भएको वार्तापछि यसबारे प्रक्रिया अघि बढाइएको हो । उक्त भेटमा एसीटी महिला योजना २०१६-२०२६ बारे पनि छलफल भएको उपमेयर

मानव अधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन्: अध्यक्ष केसी

ढोरपाटन,बागलुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौंदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरेका छन् । नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै

आयोगको सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडाैं। प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताए । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐेन

लोसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै छ । उक्त बैठकमा आगामी निर्वाचन, सङ्गठन विस्ता, चुनावी गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भ्रातृसंगठन निर्माण लगायतका अजेण्डाहरुमा छलफल हुने कार्यतालिका रहेको छ । त्यस्तै, लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो ।

कृषि र पर्यटनलाई प्राथामिकतामा राखिएको मन्त्री आलेको भनाइ

लेखनाथ,कास्की। गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रसाद आलेले यस प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको बताएका छन् । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री आलेले कृषि र पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेर सरकारले काम गरिरहेको बताए ।

विभेदको अन्त्य गरी मानवअधिकार सुनिश्चित गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् । त्यस्तै, ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले मानवअधिकार नागरिकको संवैधानिक अधिकारका रूपमा रहेकाले यसको सुनिश्चितता गर्न जातीय,

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले सङ्घीयतासम्बन्धी विधेयक सरकारले अगाडि बढाइसकेको बताएका छन् । “सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले

राप्रपा नेपालको बैठक आजदेखि बस्दै

काठमाडाैं। राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडाैंमा सुरु हुने भएको छ । उक्त बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । उक्त पार्टी अध्यक्ष थापाद्वारा प्रस्तुत हुने सुशासनको माध्यमबाट आर्थिक समृद्धि सम्बन्धी राजनीतिक कार्यपत्र

सम्वन्धित समाचारहरु