Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण छ : राजेन्द्र महतो


काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महताले महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । उनले प्रेस वक्तव्य जारी गरेर मधेश आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढंगले मुद्दा दायर भएको र त्यसमाथि गरिएको फैसला दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले मधेश आन्दोलनका बेला उठाएको एजेण्डा ज्यूका त्यू रहेकाले फेरि आन्दोलनमा उत्रन समेत समेत गरेका छन् । महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रने निर्णय लिन आफ्ना पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आग्रह समेत गरेका छन् ।

महोत्तरी अदालतले बिहीबार थमन विक हत्या प्रकरणमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएर अरुलाई जन्मकैदको सजाय सुनाएको छ । यो फैसलाले मधेशी जनतालाई हारको मनोविज्ञानमा धेकेल्ने काम गरेको पनि महतोले उल्लेख गरेका छन् । ‘सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ’, वक्तव्यमा उल्लेख छ ।

त्यस्तै, अधिकार र पहिचानको लागि भएको आन्दोलनलाई दबाउन राज्यबाट प्रपञ्च भइरहेकाले मधेशी मोर्चा र थरुहटका सबैलाई संयुक्त आन्दोलनका निम्ति महतोले आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?