Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने : सचिव पोखरेल


२९ ,मङ्सिर ,झापा । नेकपा (माओवादी केन्द्र)का सचिव लीलामणि पोखरेलले अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने बताएका छन् ।

मेचीनगरमा आज आयोजित महेन्द्रद्वार सहकारी संस्थाको वार्षिक साधारणसभामा सचिव पोखरेलले मुलुकमा लाखौँको सङ्ख्यामा गरिखाने नागरिक सहकारीमा जोडिएका र त्यसबाट सङ्कलन भएको ठूलो पूँजी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुनेमा जोड दिए ।

उनले भने, “घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्नु हुँदैन । हिजो जसले अनुत्पादक क्षेत्रमा लगानी गरे, ती सहकारी अहिले सङ्कटमा छन् ।”

सरकारले उत्पादनमूलक उद्योगमा लगानी गर्न चाहने सहकारीलाई अनुमति दिन आनाकानी गर्न नहुने उनको सुझाव थियो । उनले सहकारीलाई बलियो बनाउन ३८ वटा कानुन निर्माण गर्न आवश्यक भएको बताए ।

झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले बैङ्क तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउँदा उत्पादनशील क्षेत्रमा लगानी गरिनुपर्ने रकम बैङ्कहरुमा थुप्रिँदा सङ्कट उत्पन्न भएको वास्तविकता सुनाए ।

नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिपी भट्टराईले सहकारी संस्थाहरुलाई बैङ्क र अरू वित्तीय संस्थालाई झैँ व्यवहार गर्न नहुने विचार व्यक्त गरे ।

सहकारी अभियन्ता भानु दङ्गालले सहकारीबाट ऋण लिएर नतिर्नेहरुलाई कालो सूचीमा राख्ने र कर्जा सूचना केन्द्रमा नाम समावेश गर्ने कानुनी व्यवस्थाको खाँचो औल्याए ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?