२२ जेष्ठ ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताएका छन् । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचार विरोधी अभियान र सुशासनलाई प्राथमिकतामा राखेको उनले बताए । “स्वार्थ, भ्रष्टाचार र व्यक्तिवादी प्रवृत्तिको विरुद्ध अभियानलाई बुलन्द पार्नका लागि
२२ जेष्ठ ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा जयराज आचार्यलाई प्रदान गरेका छन् । युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पुर्याएवापत डा
२२ जेष्ठ ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने
२२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय
२२ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विधान अधिवेशनलाई सफल बनाउन राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको हो । जसपाको राजनीतिक समिति सदस्य न्हुच्छेलाल
२२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसदमा ल्याउनुपर्ने आफ्नो पार्टीको
२२ जेठ, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त शोक प्रस्ताव सर्वसम्मपतिले पारित गरेको व्यहोरा जानकारी गराएका हुन् । संविधानसभा सदस्य टिवडेवाल २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए
२२ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले स्वागत गरेको छ। इपानले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी नेपालको ऊर्जा क्षेत्रको विकासका लागि दीर्घकालीन महत्वका हिसाबले पनि प्रधानमन्त्रीको भ्रमण
२२ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरुको जिज्ञासामा नेपाल र भारत दुवै पक्ष सँगै बसेर नक्शा राखेर छलफल गर्नुपर्ने उनले आवश्यकता औँल्याए । “भारत भ्रमणका
२२ जेठ, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकलाई तरङ्गित गरेको भन्दै मुलुकको भूमि साटफेरको विषय उठाउनु उचित नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आज विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । मुलुकको भूमि साटफेर गर्ने संवैधानिक