२७ फागुन, काठमाडाैँ । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा(एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी
२७ फागुन, काठमाडाैँ । सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकी सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् । यस्तै
२७ फागुन, काठमाडाैँ । सत्ता गठबन्धनकातर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा गठबन्धनका नेताहरु संयुक्तरुपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा
२७ फागुन, एजेन्सी। चीनका प्रधानमन्त्री ली छ्याङले सोमबार बिहान १४ औँ राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) को पहिलो सत्रको समापनपछि ग्रेट हल अफ द पिपुलमा पत्रकारहरूसँग भेटघाट गर्ने प्रेस सेन्टरले जनाएको छ। कार्यक्रमलाई चाइना मिडिया ग्रुपले प्रत्यक्ष प्रसारण गर्नेछ भने सिन्ह्वा नेट. कमलेले फोटो र टेक्स्टको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने पनि प्रेस
२७ फागुन, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन् । एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताए ।
२७ फागुन, काठमाडाैँ । नेकपा एमालेकी नेत्री अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी छिन् । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्ताको समयमा अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत नेताहरू पनि बानेश्वर पुगेका थिए ।
२७ फागुन, काठमाडाैँ । स्ववियु निर्वाचनको तयारीमा जुटेका विद्यार्थी संगठनहरूले रत्न राज्य लक्ष्मी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियुविरुद्ध षड्यन्त्रपूर्ण हर्कत चलिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् । २६ फागुनमा अनलाइनमार्फत सार्वजनिक गरिएको मतदाता नामावलीलाई व्यापक रूपले हेरफेर गर्ने कार्यमा क्याम्पस प्रशासन र निर्वाचन समिति संलग्न भएको भन्दै उनीहरू आन्दोलित
२७ फागुन, काठमाडाैँ । जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने
२७ फागुन, काठमाडाैँ । सत्तारुढ गठबन्धनको आजको बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारी सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट तत्काल तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । जनता समाजवादी पार्टीका तर्फबाट महिला र पुरुष दुवैको उम्मेदवारी दर्ता गर्ने
२७ फागुन, काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति