उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको हो । बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक,
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताउनुभएको हो । उहाँले सन्देशमा
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउनुहुने भएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा आउन लाग्नुभएको हो । प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा
मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशनबारे
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उहाँ गृहजिल्ला चितवन आउनुभएको हो । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न यहाँ आउनुभएको हो । हीरक महोत्सवमा सहभागी भई उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । विद्यालयका प्राचार्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कम्बोडियाको
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको हो । प्रधानमन्त्री दाहाल समक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’
सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यस संस्थासँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार नियन्त्रणको काम गर्न ध्यानाकर्षण गराएको छ । हालै सम्पन्न आम निर्वाचनमा भ्रष्टाचार विरोधी जनभावना सशक्तरुपमा जाहेर भएको
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन हुनुभएको छ । आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन हुनुभएको छ । एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।
नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभप्रभात काव्यगोष्ठीका अवसरमा आज समसामयिक विषय र जनजीवनका दुःख पीडा कवितामा व्यक्त गरिएको छ । मुलुकमा गणतान्त्रिक परिवर्तन भए पनि राजनीतिक अस्थिरता र विकृति विसङ्गतिका कारण जनताले सोचे जस्तो प्रतिफल प्राप्त हुन नसकेको तर्फ स्रष्टाले सिर्जनाका माध्यमबाट चिन्ता जाहेर गरेका छन् । कार्यक्रममा समालोचक उपप्राध्यापक डा गीता