Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

कोशी प्रदेशको उद्योग राज्यमन्त्रीमा गनगाईं नियुक्त


३१ श्रावण, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज गयानन्द मण्डल गनगाईंलाई प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम गनगाईंलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री थापाले आज राज्यमन्त्री गनगाईंलाई प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराए । शपथग्रहण समारोहमा प्रदेशका मन्त्रीहरु, कर्मचारी, न्यायालयका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?