राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ट्र्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीको आयोजनामा ‘स्ववियु निर्वाचन सन्दर्भमा ः कांग्रेस र भ्रातृ संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी दिनमा देखिन सक्ने चुनौतीको आकलन गर्नुपर्ने
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले क्रसर व्यावसायीलाई सरकारको तर्फबाट कानून सम्मत सहयोग हुने बताउनुभएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको आज यहाँ आयोजित आठौँ र नवौँ संयुक्त वार्षिक साधारणसभा उद्घाटन समारोहमा उहाँले नीति निर्माण र कानून बनाउने सन्दर्भमा आफूले सहजीकरण गर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेका कारण आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथी विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको टुङ्गो लगाउने प्रयत्न भइरहेको र आज बेलुकासम्म टुङ्गिने जानकारी दिनुभयो ।
काठमाडौं ः प्रतिनिधिसभा सदस्य एनपी साउदले संसदको शून्य समयमा उठेका विषयमा सरकारका मन्त्रीहरु जवाफदेही नहुँदा संसदको गरिमा घटेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले मन्त्रीहरुले संसदमा उठेका विषयहरुको जवाफ नदिँदा शून्य समयको गरिमा घटेको बताएका हुन्। ‘संसदीय अभ्यासमा शून्य समयको ठूलो महत्व छ। देशभरीका समस्याहरुलाई एक
काठमाडौंः नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी अपराह्न ५ बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सहमत भएका छन्। साँझ ६ बजे चारै दलले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चालगायत दलसँग छलफल गर्ने भएका छन्।
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयको समय आउनै लाग्दा पुरानो गठबन्धन दलका शिर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु बालुवाटारमा जम्मा भएका हुन् । यसअघि यी राजनीतिक दलका नेताहरु छुट्टाछुट्टै छलफलमा थिए ।उम्मेदवारी मनोनयनको
काठमाडौंः माओवादी केन्द्र,नेकपा एस र जसपाले रास्ट्रपतिमा रास्ट्रीय सहमतिको उम्मेदवार आवश्यक रहेको निष्कर्ष निकालेका छन् । यससँगै राष्ट्रपति उम्मेदवारको विषयमा छलफलमा जुटेका माओवादी, एकीकृत समाजवादी र जसपाले आज कांग्रेससँग निर्णायक छलफल गर्ने भएका छन् । सिंहदरबारमा हिजो बसेको तीन दलका शीर्ष नेताको बैठकले आज कांग्रेससँग निर्णायक छलफल गरेपछि मात्रै राष्ट्रपति
काठमाडौं। काठमाडौं उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको नियमित बैठक बिहिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको बैठकले यसबीचका कामहरूको प्रगति समिक्षा गर्दै थप आवश्यक निर्णयहरू समेत गरेको छ। केन्द्रीय, स्थानीय र विद्युत, खानेपानी जस्ता