२५ असार, काठमाडाैँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीले पद त्याग गर्ने आँट गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म पद त्याग गर्नुपर्ने बताएका हुन् । ‘वातावरणले, व्यवहारले, अभ्यासहरूले , कुराहरूले, लघुताभासले, आत्मसमर्पणवादले, राष्ट्रिय आत्मसमर्पणवाद स्विकार्य छैन । त्यसकारण प्रधानमन्त्रीज्यूले संसदलाई स्पष्ट पार्नु
२५ असार, काठमाडाैँ । प्रधानमन्त्री प्रचण्डले गत १८ गते पुस्तक विमोचन कार्यक्रममा बोलेको कुरा भावनात्मक रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त अभिव्यक्तिको स्पष्टीकरण दिएका हुन् । उनले आफूले त्यस दिन नबोलेको भएपनि हुने तर उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको बताएका हुन् ।
२५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु लोकतन्त्र र संसदीय मान्यता विपरीत भएको बताएका छन् । उनले भने, 'संसद्मा सानाठूला प्रश्नको जवाफ दिँदै आएको छु। संसद्मा उठेका
२५ असार, दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् । उनले राप्ती गाउँपालिका–२ स्थित कटाहाघाटमा निर्माण हुने लागेको फोहरमैला व्यवस्थापन स्थलको अनुगमन गरेका हुन् । पालिकामा यसअघि फोहरमैला व्यवस्थापन स्थल निर्माणमा विवाद भएपछि प्रदेश सरकारको संयोजनमा फोहरमैला व्यवस्थापन स्थल निर्माण कार्य अगाडी बढेको हो
२५ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सचिवालयको मुख्य सचिवको पदमा केदार बहादुर अधिकारी मनोनित भएका छन् । पार्टीका केन्द्रीय सदस्य अधिकारीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्य सचिव पदमा मनोनयन गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । चितवनका अधिकारी नेपाल सरकारका पूर्व सचिव समेत हुन् ।
२५ असार, काठमाडाैँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको छ । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीले सानातिना
२५ असार, काठमाडाैँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छन् । उक्त अडियोको अनुसन्धान गर्न उनले प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको उनको भनाइ छ । उक्त अडियो
२५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गर्दै प्रधानमन्त्रीले पछिल्ला दिनमा भवन निर्माणले गति लिएकामा प्रशन्नता व्यक्त गरे । उनले कामलाई थप गति दिएर हिउँदे
२५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा स्पष्टीकरण दिने भएका छन् । आफ्नो अभिव्यक्तिको विषयमा उनले आज स्पष्टीकरण दिने भएका भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि उनले संसद्मा बोल्न जाने र स्पष्टीकरण दिने बताएका हुन् । प्रतिनिधिसभाको बैठक अहिले ३ बजेलाई बोलाइएको छ
२५ असार, काठमाडाैँ । नेकपा एमालेले संसदीय दलको बैठक सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटेपछि एमालेले बैठक बोलाएको थियो । अहिले बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा बैठक बसिरहेको छ। बैठकमा ओलीले तीन दलका शीर्ष नेताबीच भएको छलफलबारे व्रिफिङ गर्ने बताइएको छ ।