२३ श्रावण, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ । सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको
२३ श्रावण, एजेन्सी । भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज पुनरावेदन दायर गरेका हुन् । पुनरावेदनमा उनलाई धरौटीमा जेलमुक्त गर्न आग्रह पनि गरिएको छ । पुनरावेदनउपर
२३ श्रावण, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएकी छन् । विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै उनले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिइन् ।
२३ श्रावण, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद प्रदीप पौडेलले जलविद्युतको विकासका लागि जलविद्युतसम्बन्धी साझा धारणा तय गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा आज स्वतन्त्र उर्जा उत्पादकहरको समस्या र समाधानका विषयमा उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयसँगको छलफलका क्रममा सांसद पौडेलले यस्तो बताएका हुन् । ‘जलविद्युत राष्ट्रिय प्राथमिकता
२३ श्रावण, काठमाडाैँ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । पछिल्लो समय न्यायको माग गर्दै आन्दोलित समितिसँग सरकारले पाँच बुँदे सहमति गरेको हो । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले समितिको आन्दोलनप्रति ध्यानाकार्षण भएको भन्दै वार्ता गरेका थिए । सोही वार्ताको परिणामस्वरूप गृहमन्त्रालयले समितिका पदाधिकारीसँग
२३ श्रावण, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकारले गरेका केही कमीकमजोरीलाई लिएर सङ्घीयताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । मङ्गलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री मोदीले प्रदेश वा स्थानीय सरकारले काम गर्ने सिलसिलामा भएका कमजोरीले सङ्घीयता कमजोर नहुने बताए । व्यवस्था र परिस्थिति
२३ श्रावण, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय प्रशासनलाई बलियो बनाउन सरकारले सङ्घीय निजामती ऐन संसद्मा पेस गर्ने बताएका छन् । “सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार गरिएको छ”, उनले भन, “आजै नभए अर्को दिनको ‘क्याबिनेट’मा जान्छ ।” प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) ले
२३ श्रावण, एजेन्सी । भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउ तत्पर रहेको बताएको छ । आतङ्कवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय मैत्रीमा विमति नहुने नयाँदिल्लीले स्पष्ट गरेको छ । हालै इस्लामावादमा खनिज शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्र निर्माणका लागि आफू छिमेकीसँग वार्ता गर्न तयार रहेको बताएपछि
२३ श्रावण, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन् । उनले अविरल बर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल सङ्कलन गर्न र तत्काल पुनःनिर्माणमा शुरु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्
२३ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनिहरुबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायत विषयमा समेत छलफल भएको बताइएको