Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला


२४ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताए । उनले सबै कांग्रेसी कार्यकर्ता एक ढिक्का भएर अघि बढ्न समेत आग्रह गरे ।

बिपीले भनेको सिद्धान्तअनुसार पैसाको अभावले कोही पनि नागरिक पढ्नबाट वञ्चित हुनु नपर्ने, सामाजिक सुरक्षा र सामाजिक न्यायमा सबैको उत्तिकै पहुँच हुनुपर्ने कुरालाई राज्यले अङ्गाल्न नसकेकोमा आफूलाई दुःखलागेको बताए ।

देशको परराष्ट्रनीति कमजोर हुँदा विदेशीले हेप्ने परिपाटी देखिएकाले परराष्ट्र नीति बलियो बनाउनुपर्ने उनको भनाइ छ । उनले देशमा दण्डहिनता बढेको भन्दै राज्य उत्तरदायित्व र पारदर्शी हुन नसकेको आरोप लगाए ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सिङ्गो लोकतान्त्रिक व्यवस्थामाथि भएको भन्दै बिपीको आर्दश सिद्धान्त भुलेका कारण यस्तो अराजकता बढेको उनको धारणा छ ।

बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देशमा जातीय द्वन्द्वले देशलाई विखण्डित बनाउने भन्दै भ्रष्टाचार दण्डहिनता र पारदर्शीताको विचारलाई गम्भीर भएर बुझ्नुपर्नेमा जोड दिए । पार्टीभित्र व्यक्तिवादी चरित्र हाबी भएको भन्दै यसलाई सुधार गरेर एक ढिक्का हुन नेता र कार्यकर्तालाई आग्रह गरे ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?