काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताउनुभयो । “अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो
काठमाडौं । कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ । कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रममा निस्किएका छन् ।
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्याएको छ । कांग्रेस सदंसदीय दलको आज संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुको नाराबाजी पछि प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागी स्थगित भएको छ। उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन् ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिन लागेकाले आफ्ना सांसदहरुलाई सदनमा अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । प्रमुख सचेतक सन्तोष परियारद्वारा जारी गरिएको ह्विप पत्रमा भनिएको छ। ‘हाम्रो पार्टी वर्तमान सरकार साझेदारीको एक प्रमुख पार्टी भएकाले पार्टीको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिए संगै समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले बिस्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको हुन्। प्रधानमन्त्रीले विश्वासको मत
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीयदल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्दैछ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्न लागेको जानकारी दिएका छन् । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे
काठमाडाैं । आजको बैठकमा सभामुखले कांग्रेसलाई बोल्न रोक्नुभएको होइन । कानून मन्त्री पदम गिरी, प्रमुख विपक्षी दलका प्रमुख सचेतक रमेश लेखकसहित बसेको प्रमुख दलका मुख्य/प्रमुख सचेतकबीच नै आज गृहमन्त्रीलाई मात्रै बोल्न दिने सहमति भएको थियो । सँगसँगै सभामुखले पनि कांग्रेसले उभिएर विरोध जनाएपछि बाँकी कार्यसूची अगाडि नबढाउने सहमति भएको थियो
काठमाडौँ । तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी दिए । प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेलाई नधम्क्याउन र नतर्साउन चेतावनी दिएका छन् । उनले पद र शक्तिमा भएको गृहमन्त्रीले छानबिन समिति बनाए सबैको फाइल खोल्दा हुने बताए । आइतबार साँझ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्री भएर ‘फाइल खोल्दिम भनेर धम्काउने होइन के