२१ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले नाराबाजी गरेपछि संसद् बैठक स्थनगन गरिएको हो । नागरिकता
२१ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्र्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता प्रेम सुवेदीले नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा भएको
२१ जेष्ठ ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट यातायात व्यवसायीको छाता सङ्गठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षपदमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । सङ्गठनको शनिबार राति काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्गठनको वरिष्ठ उपाध्यक्षमा किरणकुमार रिजाल, प्रथम
२० जेष्ठ ,गोदावरी (ललितपुर) । नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताएका छन् । नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने
२० जेष्ठ ,जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ । उद्योग वाणिज्य सङ्घ धनुषामा आज भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति भएको प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए । उनले नागरिकताविहीन लाखौँ युवाको समस्या
२० जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने जिकिर गरे । उनले
२० जेठ, नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश प्रस्थान गरेका छन् । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरे । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए
२० जेठ, काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो भारत भ्रमण हो
२० जेठ, काठमाडाैँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि
२० जेठ, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ बनाउने आँट कसैले पनि गर्न नसकेको बताएका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा कसैले लगाउन नसकेको बताए । पार्टीको विज्ञान तथा प्रविधि विभागले