१९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लै चुनाव लड्ने भएको छ । शनिबार पार्टी कार्यालय वसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचन तोकिएका सबै क्षेत्रमा गठबन्धन नगर्ने रास्वपाले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले भने, 'निर्वाचन आयोगले नै गठबन्धन गरेर चुनावमा जानबाट रोक्नुपर्छ,’ उनले भने, ‘साँठगाँठ
१९ चैत ,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । उक्त
१९ चैत ,कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उनले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग हो भने । पछिल्लो समय शिक्षा
१८ चैत ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरेको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको आज उद्घाटन गर्दै उनले जनताको आकाङ्क्षाअनुसारको काम गर्न आफूहरू दृढ भएर
१८ चैत ,गलकोट। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहेका नेता केसीले राजनीतिमा सत्ता र शक्तिबाहेक अरु केही चिन्ता नगर्नेहरूबाट विकासको आश गर्नु गलत भएको बताए। बागलुङको जैमिनी नगरपालिकाले आज आयोजना
१८ चैत ,नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए । उनले पाँच महिनासम्म पनि परिणाम नआए जनताको
१८ चैत ,काठमाडौँ । नेकपा माओवादी (समाजवादी)ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बाँस्तोता नेतृत्वको नेकपा बहुमत र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको
१८ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्र्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय
१८ चैत्र, काठमाडाैँ । अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाल बनाउन ढिला भइसकेको बताएका छन् । नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका उनले यस्तो बताएका हुन् । नेपाल बनाउन ढिला भैसकेको भन्दै अफगानिस्तानबाहेक एशियाको सबभन्दा गरिब देशबाटमाथि उकास्नु पर्ने आफूहरुको लक्ष्य भएको उनले बताएका छन् । आगामी बैशाख १० गते
१८ चैत्र, काठमाडाैँ । नेकपा एमालेले भीम रावलसँग वार्ता गर्न समिति गठन गरेको छ । शनिबार केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो । उक्त टोलीमा पाैडेल सहित सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा रहेका छन् । वार्ता टोलीले रावलसँग संवाद गर्ने