२८ असार, काठमाडाैँ । नेपालको अग्रणी बैंक ग्लोबल आइएमई बैंकका २ नयाँ शाखा विस्तार भएका छन् । बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बुधबारबाट नै यी २ नयाँ शाखाबाट कारोबार सुरू भइसकेको छ । नयाँ खुलेका सहित ग्लोबल आइएमई बैंकका जम्मा शाखाको संख्या ३५९ पुगेको
२८ असार, बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनले तरकारी खेती रोजेका हुन् । बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको
२८ असार, काठमाडाैँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङइञ्जिन सेवा सुरु गरेको छ । एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट https://www.himalaya-airlines.com/ मा गएर टिकट बुकिङ गर्न सक्नेछन् । यो सुविधा प्रयोग गर्ने यात्रुलाई विभिन्न गन्तव्यसँग जोड्न सहज हुने कम्पनीको अपेक्षा छ । आफ्नो
२८ असार, काठमाडाैँ । बिहीबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। चाँदीको स्थिर रहेको छ। अघिल्लो दिन बुधवार १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले वृद्धि भई १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला १
२८ असार, एजेन्सी । संयुक्त राज्य अमेरिकाको वार्षिक उपभोक्ता मुद्रास्फीति जुनमा सन् २०२१ पछिको सबैभन्दा कम दरमा झरेको श्रम मन्त्रालयले बुधबार जनाएको छ । प्रमुख मुद्रास्फीति मापक, उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) गत महिना अघिल्लो वर्षको तुलनामा ३.० प्रतिशत बढेको छ । यो मे महिनाको ४.० प्रतिशतभन्दा कम हो र विश्लेषकहरूले अनुमान
२७,असार ,तनहुँ । जिल्लाको व्यास नगरपालिकाले मिर्गौला र क्यान्सरका गरी एक सय पाँच जना बिरामीलाई औषधि उपचारमा सहयोग गरेको छ । ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका औषधि खर्चबापत रु ४० लाख दश हजार रकम प्रदान गरेको हो । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका तथा मिर्गौला प्रत्यारोपण
२७ असार, एजेन्सी । नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब डलरको निक्षेप प्राप्त भएको हो । देशको आर्थिक सङ्कटबाट जोगाउन अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग यसै महिना नयाँ
२७ असार, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८९ कम्पनीका ८५ लाख चार हजार तीन सय ७८ कित्ता शेयर रू तीन अर्ब
२७ असार, काठमाडाैँ । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि आज र भोलि दुवै बैंकका प्रणाली बन्द गरिएका छन् । दुई दिन बैंकका अरू सबै
२७ असार, पर्सा । चालु आर्थिक वर्ष २०७९÷८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पुँजीगततर्फ ६९ दशमलव ५७ प्रतिशत बजेट निकासा लिएका छन्