१४ वैशाख ,मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रु साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बझाउएका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका अध्यक्ष थापाले रु
१४ वैशाख, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ । वैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज (बिहीबार) शिलबन्दी गरिएको हो । नेपाल आयल निगमको साधारण विक्रेता रहेको आयल स्टोरको पेट्रोलियम पदार्थ विक्री गर्न मापदण्ड नपुगेकाले आज शिलबन्दी गरिएको महानगर प्रहरी बलका
१४ वैशाख, कैलाली । चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन
१४ वैशाख, काठमाडाैँ । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो । नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत
१४ वैशाख, विराटनगर । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,“तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने
१३ वैशाख, काठमाडाैँ । पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता शेयर २३ हजार
१३ वैशाख, दाङ। लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा (थारु भाषामा हिनौना भन्ने गरिन्छ ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका खरबुजासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका किसान महिलाको हिजोआजको दैनिकी हो ।
१३ वैशाख, काठमाडाैँ । बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्याएको हो । यसअघि चैत मसान्तसम्मका
१३ वैशाख, काठमाडाैँ । बुधबार सुनको भाउ नेपाली बजारमा बढेको छ भने चाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला २०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन
१३ वैशाख, बागलुङ । वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ