Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

प्रदेश समाचार


लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

२८ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि तीन दिन प्रदेशसभामा छलफल हुने भएको छ । सभामुख तुलाराम घर्तीले आजको छैठौंँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन समय तोकिएको जानकारी गराए । नीति तथा कार्यक्रममाथिको छलफल यही जेठ ३१ गतेसम्म चल्ने छ । नीति

सिञ्जामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार

२८ जेठ, जुम्ला । सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार भई विद्युत् सेवा सञ्चालनमा आएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए

एक्साभेटर दुर्घटनामा एकको मृत्यु

२८ जेठ, तनहुँ । आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आज एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो । आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन

२८ जेठ, सुर्खेत । गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरेको हो । बन्दले कञ्चनपुरमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बजेट अभावले खानेपानी आयोजना अलपत्र

२८ जेठ, पर्वत । जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जनबढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । सङ्घ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा प्राप्त नहुँदा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाको काम रोकिएका हुन् । खानेपानीको चरम समस्या बेहोरिरहेका विहादी गाउँपालिकाको

तराई–मधेसमा उखरमाउलो गर्मी

२८ जेठ, सुर्खेत । तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्नुन्छिन्, “खेतीपातीको

झापामा २० आयोजका लागि २१ करोड बजेट विनियोजन

२८ जेठ, झापा । झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले रु २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन  हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा  २०

बाख्रा चराउन वनमा गएको बेला ढुङ्गा खसेर लाग्दा बालकको मृत्यु 

२८ जेठ,  हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो । ढुङ्गाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । दुवैजना बाख्रा चराउन वनमा

दाइजोलाई लिएर दुई महिलाको हत्या

२८ जेठ, सर्लाही । दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या

बिक्दैनन् फलफूलका बिरुवा

२८ जेठ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनि बिरुवा उत्पादनमा सक्रिय छन् । उनले भने , “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा

सम्वन्धित समाचारहरु