काठमाडौ। कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शुक्रबार प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामासार्वजनिक बिदा दिने निर्णय गरेको हो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ ।उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई
काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने बताउनुभयो ।‘निर्वाचन कानुनलाई एकीकृत गर्ने कुरा छ । निर्वाचन आयोग ऐनका केही दफा र सात वटा ऐनलाई एकीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । सोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्राबासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिवद्ध
काठमाडौं । उपत्यकाका नदीतटीय क्षेत्रमा ‘अति उच्च सतर्कता’ अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।हाल वाग्मती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अरू सबै साना नदीमा जलसतह सतर्कता तहभन्दा माथि छ । यी केही खोला तथा नदीमा जलसतह खतरा तहसम्म पुगेको महाशाखाले जनाएको छ
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार कर्णाली प्रदेश सभामा यामलाल कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिए । कुल ४० सदस्यीय प्रदेश सभामा सोमबार ३७ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३ विपक्षमा १४ मत परेको
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदैछन् । एमाले काँग्रेस गठबन्धनबाट आइतबार मुख्यमन्त्री नियुक्त भएका उनको अपराह्न ४ बजेपछि शपथ ग्रहण कार्यक्रम तय भएको शाहको सचिवालयले जनाएको छ । दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी संगै मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिन कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरे अनुसार मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि आज सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको छ। कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी,
दाङ। ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ । दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
भक्तपुर । मध्यपुर थिमि दिव्यश्वरी जग्गा प्लानिंगको एउटा टहरामा जीवन काटिरहेका आमाछोरा हिजोआज अहिले के खाने ? भरे के खाने ? भन्ने चिन्तामा छन् । पाँचथर घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ दिव्यश्वरी जग्गा प्लानिंगमा बनेको एउटा टहरामा भाडामा बसेर जीवन विताइरहेका दीक्षा लिम्वू (नागरिकताको नाम