११ वैशाख, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन । रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ । गाई गोरुले
११ वैशाख ,काभ्रेपलाञ्चोक । सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन् । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो । काभ्रेको बेथानचोक गाउँपालिकाले १६ हजार कित्ता जग्गालाई भू–वर्गीकरण गरी आइतबार मालपोत
११ वैशाख ,दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा.डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले अग्रता कायमै राखेका हुन् । हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न
११ वैशाख ,ढोरपाटन । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो । अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ । अभियान सञ्चालनका वर्ष छ जोडीलाई गाउँपालिकाले
११ वैशाख ,बारा । बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ । गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । “आज बिहान ७ बजे सर्वदलीय बैठक राखिएको
११ वैशाख ,तुलसीपुुर । दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ । ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए । लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अबस्थामा राजधानी सहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि यो अभियान सुरु गरिएको उनको
११ वैशाख ,दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् । गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन् । हालसम्म छ वडाको
१० वैशाख ,जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा आज दिउँसो आगलागी हुँदा आठवटा घर खरानी भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईका अनुसार आज दिउँसो अचानक स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारुल मोमिन, इलझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घरमा
१० वैशाख ,मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ। मध्यविन्दु नगरपालिकाको बा२झ २३१२ नं को जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए । दुर्घटनापछि प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ
१० वैशाख ,सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आइतबार प्रदेशसभामा पुगेर शर्माले विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराइसकेका छन्। प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि