३१ ,असार ,फुङ्लिङ । अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो । बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद
३१ ,असार ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्याङ्कनको पद्धतिमा वार्षिक कार्ययोजना तयार तरी अनुगमन कार्यलाई नियमित गर्ने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिईन् । सेवा प्रवाह, विकास निर्माण र जनजीविकासँग सम्बन्धित कामको प्रभावकारी कार्यान्वयन र नतिजा
३१,असार ,भालुवाङ । लमहीमा निर्माणाधीन प्रदेशस्तरीय ट्रमा सेन्टरको काम हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको छ । विसं २०७७ चैत २४ गते सम्झौता भएर निर्माणकार्य सुरु भएको ३९ महिना बित्न लाग्दा पनि ट्रमा सेन्टरले पूर्णता पाउन सकेको छैन । लुम्बिनी प्रदेश गौरवको योजनाका रूपमा रहेको यस ट्रमा सेन्टरको काम कछुवागतिमा
३१,असार ,रोल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जङ्गली च्याउ खाई
३१ असार, काठमाडौं । भारत सरकारले नेपाललाई ५० वटा स्कूल बस र ३४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार काठमाडौंस्थति भारतीय राजदूतावास आयोजित कार्यक्रममा ५० वटा स्कूल र ३४ वटा स्वास्थ्य संस्थालाई सवारीसाधन उपलब्ध गराइएको हो । यी सबै सवारीसाधन उपहारमा प्राप्त भएका हुन् । आइतबार नेपालका लागि भारतीय
३१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान
३१ असार, स्याङ्जा । स्याङ्जा, भिरकोट नगरपालिका-७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई अवैध एकनाले भरुवा बन्दुक १ थान, फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थानसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको
३१ असार, काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेर १ लाख १२ हजार २ सय रूपैयाँ कायम भएको छ । शुक्रबार १ लाख १२ हजार ५ सय रूपैयाँ थियो । तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रूपैयाँमा कारोबार भइ रहंदा चाँदीको मूल्य
३१ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री /सांसद विश्वप्रकाश शर्माले सहकारीकर्मीका माग पूरा गर्नु पर्ने बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा थोरै सहकारीको कमजोरीले अन्य धेरै सहकारी आलोचित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । बैठकमा सांसद शर्माले भने, 'सहकारीकर्मीहरू आन्दोलनमा छन् । केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी
३१ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदका दुवै सदनबाट पारित भई रास्ट्रपति निवास पुगेका आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।