१७ ,कात्तिक ,दमौली । भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न तनहुँको देवघाट गाउँपालिकाले सहयोग गर्ने भएको छ । भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा सहयोग गर्न देवघाटलाई औपचारिक रुपमा आह्वान गरेको र देवघाटले पनि भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो भरतपुरले भ्रमण वर्षलाई सहयोग गर्न
काठमाडौं। नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् । भारतीय राजदूत श्रीवास्तव नेपाललाई भेट्न कोश्वेरस्थित निवासमा पुगेका थिए । उक्त भेटवार्ता दुईपक्षीय हितका विषयमा केन्द्रित भएको नेपालको सचिवालयले जनाएको छ ।
काठमाडौं। नेपाली टोलीका कप्तान रोहित पौडेलले आफू भाग्यमानी लागेको बताएका छन् । आगामी वर्ष आयोजना हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएपछि पौडेलले आफू भाग्यमानी र गर्व लागेको बताएका हुन् । सन् २०१४ को विश्वकप नेपालले खेल्दा हेरेर हुर्किएको पुस्ताकै बलमा नेपाली टोलीले विश्वकपमा स्थान बनाएको छ । एसियाली छनोटको सेमिफाइनलमा
काठमाडौं। नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन तथा अनुसन्धानका लागि आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा शुक्रबार उक्त समझदारी भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र
लुम्बिनी। हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो । लुम्बिनी
मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा ‘प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८०’ दर्ता भएको छ । उक्त प्रदेश सरकारको तर्फबाट पठाइएको विधेयक आज प्रदेशसभा सचिवालयमा दर्ता गरिएको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिएका छन् । त्यस्तै प्रदेशसभाको हिउँदे अधिवेशनको बैठकमा सो विधेयकमाथि छलफलका लागि आवश्यक कार्यसूची
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा बधाई दिएका छन् । उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् । उनले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा
काठमाडौं। बाँकेका योगराज ढकाल ‘रिगल’ लाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको छ । बाँकेका प्रहरीका अनुसार बिहान दस बजेपछि रिगललाई अदालतमा पेश गरिएको हो । उक्त अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्नेछ, त्यसपछि उनलाई कुन कारागारमा पठाउने भन्ने कुरा कारागार व्यवस्था विभाग र अदालत दुवैले
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले कानुनबमोजिमको अधिकार प्रयोग गरेर आम नागरिकहरुको समस्या समाधान गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । त्यस्तै गुठी संस्थानको ६०औँ वार्षिकोत्सव समारोह शुभारम्भ गर्दै उनले नागरिकको काम छिटोछरितो गरी उनीहरुलाई सहज सेवा प्रदान गर्ने दायित्व कर्मचारीको भएको बताएकि छन् । कतिपय अनियमितताको
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा काठमाडौंमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन भएको छ । तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकारी, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य विभाग, आन्तरिक राजस्व कार्यालयसहितको टोली परिचालन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । केहीबेर अघि