Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

भरतपुर भ्रमण वर्ष सफल पार्न देवघाटको सहकार्य


१७ ,कात्तिक ,दमौली । भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न तनहुँको देवघाट गाउँपालिकाले सहयोग गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा सहयोग गर्न देवघाटलाई औपचारिक रुपमा आह्वान गरेको र देवघाटले पनि भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो भरतपुरले भ्रमण वर्षलाई सहयोग गर्न सीमा जोडिएका सात स्थानीय तहलाई अनुरोध गरेको थियो ।

भरतपुरसँग सीमा जोडिएका तनहुँको देवघाट, नवलपुरको गैँडाकोटसहित चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकालाई औपचारिक रुपमा आह्वान गरेको छ ।

भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको स्वागतका लागि देवघाट गाउँपालिकाले स्थानीय माझी, बोटे, मगर, गुरुङ र कुमाल समुदायको सांस्कृतिक नाच तथा गुरुकुलका बटुक र ब्राह्मणहरुको भजन प्रदर्शन गर्ने अध्यक्ष थापाले बताए ।

भरतपुर भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको कम्तीमा ४० प्रतिशत देवघाटमा लैजान सकेमा देवघाटको पनि थप प्रचारप्रसार हुने र देवघाटमा व्यापार व्यवसायको प्रवर्द्धन हुने अध्यक्ष थापाले बताए ।

उनले भने, “भरतपुर भ्रमण वर्षले देवघाटको धार्मिक पर्यटनमा सहयोग पुग्छ । त्यसका लागि पनि देवघाटले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नेछ ।”


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?