Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भरतपुर भ्रमण वर्ष सफल पार्न देवघाटको सहकार्य


१७ ,कात्तिक ,दमौली । भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न तनहुँको देवघाट गाउँपालिकाले सहयोग गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा सहयोग गर्न देवघाटलाई औपचारिक रुपमा आह्वान गरेको र देवघाटले पनि भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो भरतपुरले भ्रमण वर्षलाई सहयोग गर्न सीमा जोडिएका सात स्थानीय तहलाई अनुरोध गरेको थियो ।

भरतपुरसँग सीमा जोडिएका तनहुँको देवघाट, नवलपुरको गैँडाकोटसहित चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकालाई औपचारिक रुपमा आह्वान गरेको छ ।

भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको स्वागतका लागि देवघाट गाउँपालिकाले स्थानीय माझी, बोटे, मगर, गुरुङ र कुमाल समुदायको सांस्कृतिक नाच तथा गुरुकुलका बटुक र ब्राह्मणहरुको भजन प्रदर्शन गर्ने अध्यक्ष थापाले बताए ।

भरतपुर भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको कम्तीमा ४० प्रतिशत देवघाटमा लैजान सकेमा देवघाटको पनि थप प्रचारप्रसार हुने र देवघाटमा व्यापार व्यवसायको प्रवर्द्धन हुने अध्यक्ष थापाले बताए ।

उनले भने, “भरतपुर भ्रमण वर्षले देवघाटको धार्मिक पर्यटनमा सहयोग पुग्छ । त्यसका लागि पनि देवघाटले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नेछ ।”


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?