काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ । उक्त पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कात्तिक २२ र २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक
काठमाडौं । तिहार (धनतेरस) का लागि सुन र चाँदीका सिक्का किन्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले टक्सार महाशाखा मार्फत तिहारका लागि १९ देखि २४ कात्तिकसम्म सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५
काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा पुग्नुभएको छ । भूकम्प आएदेखि निरन्तर प्रभावित क्षेत्रमा खटिनुभएका उपप्रधानमन्त्री खड्का आज विहान जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण गर्नुभएको हो । भूकम्प प्रभावित क्षेत्रमा पुगी रक्षामन्त्री समेत रहनुभएका खड्काले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने स्थीर रहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९०० मा कारोबार भएको सुन सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको
काठमाडौं। भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भूकम्पपीडितको उद्धार तथा राहतका लागि १ करोड ११ लाख रुपैयाँ रकम सहयोग गरेका छन् । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितहरूलाई व्यवसायी गुरुङले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ‘प्रधानमन्त्री
काठमाडौं। नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएको समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै रहेको बताएका छन् । उक्त दलको बैठकमा बोल्ने सांसद बुद्धिकुमार
काठमाडौं। ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुमन पोख्रेल नियुक्त भएका छन् । हिजो आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोख्रेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । त्यस्तै, वित्तीय संस्थाहरूको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी
काठमाडौं। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । उक्त बैठक दिउँसो १ बजे बस्न लागेको हो । सो बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल हुनेछ।
काठमाडौं। राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न सुरु गरेको छ । आयोगले आज मधेस प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । उक्त आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार छलफलका लागि १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । त्यसैगरी
काठमाडौं। आज प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले बढेको छ । यससँगै सूचक १८२६.६७ अंकमा अडिएको छ भने यो सेसनमा ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ५ कम्पनीको मूल्य बढ्दा ३ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।