Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

सोह्रौँ योजनाका लागि प्रदेशगत छलफल


काठमाडौं। राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न सुरु गरेको छ । आयोगले आज मधेस प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । उक्त आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार छलफलका लागि १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । त्यसैगरी कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको छ । सोह्रौँ योजनाको अवधारणापत्र तथा पूर्ण दस्तावेजमाथि छलफल, सुझाव, परिमार्जन र स्वीकृतिका लागि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठका संयोजकत्वमा समिति, सदस्यको संयोजकत्वमा क्षेत्रगत उपसमिति र महाशाखा प्रमुखका संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । सो प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समेत सुझाव सङ्कलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?