काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रियमा विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा विमानका चालक ३७ वर्षीय मनीष शाक्यको बाच्न सफल भए। सौर्य एयरको विमान दुर्घटना पछिको जोखिमपूर्ण अवस्थाबाट पाइलट शाक्यलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारीहरु लाई प्रहरी प्रधान कार्यालय द्वारा पुरस्कृत गरिएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा बहुउद्देश्यीय भवन काठमाडौं भ्यु टावर निर्माण सुरु गरेको आठ वर्ष भयो । यसबीचमा १२ तलासम्म ढलान पनि भइसकेको छ । तर, अझै कति तला थप्ने भन्ने यकिन नहुँदा अलपत्र बनेको छ । निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि अझै कहिले बन्ने र कति तला बन्ने भन्ने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारत जाने भएका छन् । घुँडासम्बन्धी समस्याको उपचारका लागि मुख्यमन्त्री पाण्डे शनिबार दिल्ली जादैँ भएका छन्। भारत जाने भएपछि पाण्डेले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई दिएका छन् ।
काठमाडौं । मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो। नेपालको निजामती सेवाको इतिहासमा मुख्यसचिव बन्ने उनी पहिलो महिला हुन्। ५८ वर्षे उमेरहदले गड्तौला १५ भदौमा सेवानिवृत्त हुनेछिन्।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले शहिद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार गृहमन्त्रालयमा भेट्न पुग्नु भएकी महेशसकी आमा मिरा कायस्थसँग गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । ‘संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा शहिद मुकेश कायस्थको योगदान छ । राज्यबाट पाउने सुविधा दिलाउने मेरो
हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले सपथ लिएका छन् । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्री नियुक्त भएका छन् । उनीहरुको जिम्मेवारी पछि तोकिनेछ । त्यस्तै एमालेका ६ मन्त्रीले पनि सपथ लिएका छन् ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार विमानस्थल एक घण्टा बन्द भएको थियो ।
काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा
काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा