Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

शहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता


काठमाडौं । गृहमन्त्री रमेश लेखकले शहिद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार गृहमन्त्रालयमा भेट्न पुग्नु भएकी महेशसकी आमा मिरा कायस्थसँग गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

‘संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा शहिद मुकेश कायस्थको योगदान छ । राज्यबाट पाउने सुविधा दिलाउने मेरो प्रतिबद्धता भयो । म यसमा लाग्छु ,’ गृहमन्त्री लेखकले भन्नुभयो ।

दोस्रो जनआन्दोलन (२०६२–६३) का घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको गत वर्ष वैशाख २७ गते निधन भएको थियो । तत्कालीन सरकारले जेठ २ गते मकेशलाई शहिद घोषणा पनि गरेको थियो । तर, राज्यबाट शहिद परिवारले पाउने सुविधा आफूले नपाएको मुकेशकी आमा मिराको भनाइ छ । गृहमन्त्री लेखकसँगको भेटमा उहाँले भन्नुभयो, ‘बाबु शहिद भएपछि राज्यबाट पाउनुपर्ने सुविधा पाएको छैन । राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुप¥यो ।’

शहिद घोषणा राजपत्रमामा प्रकाशित हँुदा मृत्यु भएको मिति नमिलेपछि सुविधाबाट पाउनबाट एक वर्षदेखि मुकेशको परिवार बन्चित छ । ‘राजपत्रमा मृत्यु भएको गते मिलेको छैन । मन्त्रीज्यूले त्यो सच्याएर सुविधान पाउने व्यवस्था मिलाउछु भन्नु भएको छ,’ मिराले भन्नुभयो ।

यसअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री आफ्नो समस्या राखेपनि सम्बोधन नभएको उहाँको भनाइ थियो । ‘अहिले मन्त्रीज्यूले मन्त्रिपरिषदमा लिएर हाम्रो माग सम्बोधन गर्छु भन्नु भएको छ । प्रधानमन्त्रीज्यूसँग पनि कुरा गर्छु भन्नुभयो छ । अब माग सम्बोधन हुने आशा राखेकी छु,’ उहाँले भन्नुभयो ।

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।


प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?