Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

प्रदेश समाचार


नेवार समुदायले गुँपुन्ही मनाउँदै

१३ भदाै, काठमाडाैँ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज नेवार समुदायले गुन्हुँपुन्ही पर्व मनाउँदैछन् । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन भदौ १४ गते परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीसँगको छलफलपछि भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने निर्णय गरेको थियो ।

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु

१३ भदौ, पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए

टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना

१३ भदौ, पाल्पा । शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिङ्ग स्थापना गरिएको हो । यसअघि शिव पञ्चायन मन्दिर तथा शालिग्राम

हैजाको बिरामी फेला

१३ ,भाद्र ,सुदूरपश्चिम । कैलालीको गौरीगङ्गा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए । बिरामी ३४ वर्षीया महिलालाई उपचारार्थ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको

सेनानी पण्डित चार दिनदेखि बेपत्ता

१३ ,भाद्र ,जाजरकोट । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्कमा आएका छैनन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्केका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि

गाईजात्राका कारण बिहीबार र शुक्रबार काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने

१३ ,भाद्र ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो । सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन

केरामा पानामा रोग : प्रारम्भिक अध्ययन थालियो

१३ ,भाद्र ,भजनी (कैलाली) । कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको

‘आहा रारा गोल्डकप’मा तीन लाख बचत

१३ ,भाद्र ,लेखनाथ (कास्की) । सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ । मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका तीन संस्करणमध्ये दुईवटामा कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले रकम बचत गर्न नसकिएको जानकारी दिए । बाइसौँ

बलात्कार आरोपमा तनहुँमा प्रधानाध्यापक थापा पक्राउ

१२ ,भाद्र ,तनहुँ । गत साउन ३१ गते बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई सोमबार साँझ दमौली बजारबाट पक्राउ गरेको हो । अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि

बागमती प्रदेशसभाको बैठक भदौ १८ का लागि आह्वान

१२ ,भाद्र ,मकवानपुर । बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने भएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले

सम्वन्धित समाचारहरु