Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

बागमती प्रदेशसभाको बैठक भदौ १८ का लागि आह्वान


१२ ,भाद्र ,मकवानपुर । बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने भएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

गत असार २१ गते बसेको प्रदेशसभाको बैठकले सरकारको विभिन्न दुई वटा विधेयक पारित गरिएपछि अर्को सूचना जारी नभएसम्मको लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए ।

उक्त दिन बस्ने बैठकमा प्रदेशसभाका सदस्यलाई उपस्थित हुन सूचना सम्पे्रषित गरिसकेको पनि प्रदेशसभा सचिवालयले जनाएको छ ।

त्यसैगरी बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट एउटा नयाँ विधेयक आज दर्ता गरिएको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता गरिएको विधेयक विज्ञान प्रवृत्ति, नवप्रर्वधन तथा विकास कोष सञ्चालन गर्न बनेको विधेयक, २०८० रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले राससलाई जानकारी दिए ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?