Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

हैजाको बिरामी फेला


१३ ,भाद्र ,सुदूरपश्चिम । कैलालीको गौरीगङ्गा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए ।

बिरामी ३४ वर्षीया महिलालाई उपचारार्थ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको शाहीले बताए ।

दूषित खानेपानी र खानाले यो हैजा फैलिने गर्छ । कलेरा नामको जीवाणुले मान्छेमा यो रोगको सङ्क्रमण गराउँछ ।

हैजा भएमा तारन्तार बान्ता हुने र झाडापखाला लाग्ने भई बिरामीको समयमै उपचार हुन नसकेमा जलवियोजन भई मृत्यु हुनसक्छ ।

बिरामी महिलाको स्वास्थ्य अवस्थामा सुधार भएकाले रोग अन्य व्यक्तिमा सङ्क्रमण हुने जोखिम नरहेको बताइएको छ ।

शाहीले भने, “अरु व्यक्तिलाई सङ्क्रमण भएको छैन, सङ्क्रमण हुनसक्ने अवधि पनि गुज्रिसकेकाले डराउनुपर्ने अवस्था छैन ।”

बिरामी महिला केही दिनअघि भारतबाट फर्किएको बताइएको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?