Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन


भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गर्नुभएको छ ।

बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने बताउनुभएको हो । लिङदेनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गर्नुभयो । सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने लिङदेनको चेतावनी छ । अध्यक्ष लिङदेनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औंल्याउनु भयो । निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने उहाँको तर्क छ । उहाँले राप्रपालाई संसदमा बलियो शक्तिको रूपमा पु¥याउन मतदातासँग सहयोग माग्नुभयो । राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै लिङदेनले भ्रष्टाचारमुक्त ढंगले काम गरे ५–६ वर्षभित्रै देशको मुहार फेरिने बताउनु भयो । अध्यक्ष लिङदेनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डको छानविनमा आफ्नो भुमिका रहेको स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘ मैले हरेक ठाउँमा भन्दै आएको छु कि भोट भनेको शक्ति हो । यो शक्ति हस्तान्तरण गर्ने कुरा हो । त्यसकारणले आफ्नो हात काटेर दिँदा खेरि आफ्नो शक्ति हस्तान्तरण गर्दा खेरि कसलाई दिइराखेको छु भन्नेकुरा हरेक मतदाताले सोच्नुपर्छ । आजसम्म हामीले झुट्ठा आश्वासनमा कहिले केही लिटर पेट्रोलमा, कहिले केही सय, केही हजारमा, जाँडरक्सीमा, माछामासुमा, नातागोतामा अथवा बाउबाजेले बोकी आएको पार्टी भन्नेमै हाल्दै आयौँ । अहिले पनि भोट दिने बेला आएको छ । त्यसमाथि पनि यो भोट विशेष अवस्थामा आएको छ । त्यसकारण यो भोटमा तपाईंले मतदान गर्नुभन्दा अगाडि हजारचोटि सोचेर मात्रै हजारचोटि विचार गरेर मात्रै मतदान गर्नुस् भनेर आएको छु । तपाईंले अहिले सुन्नुभएको होला टोल–टोलमा मानिसहरु कस्तो–कस्तो अनुहार लिएर प्रसन्न सौदापात गर्न आउनुभएको छ। तपाईंहरुले पनि नमस्कार खानुहुन्छ । चुनावभन्दा अगाडि राजा, राजनीतिक दल र नवयुवा पुस्ताको बीच नयाँ समझदारी गरौँ, देशमा नमिलेका विषयहरु मिलाऔँ, निषेधको राजनीति हामीले लामो समयसम्म ग¥यौं । अब कसैले कसैलाई निषेध गर्ने अथवा कसैले हार्ने होइन कसैले नहार्ने देशले जित्ने नयाँ समझदारी गरेर अगाडि जाऔँ अनि चुनावमा जाऔँ । यसो भयो भने फेरि भविष्यमा कसैले विद्रोह गर्नुपर्दैन कसैले आन्दोलन गर्नुपर्दैन भनेर भन्यौँ । तर आज जबर्जस्ती देश चुनावतर्फ अगाडि बढेको छ । हामी अहिले पनि स्थिति सबै राजनीतिक शक्तिहरुलाई राष्ट्रिय सहमतिमा आउन र चुनाव बरु दुई महिना पाँच महिना छ महिना पछि गरे हुन्छ तर एउटा समझदारी गरेर चुनावमा जाऔँ भन्ने प्रयत्न गरिराखेका छौँ ।’

उहाँले काँग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई पनि एकचोटि राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले प्रत्यक्षतफ र समानुपातिकतर्फ राप्रपालाई मतदान गरी देश बचाउने अभियानमा सहभागी हुन सबैलाई अपिल गर्नुभयो ।


प्रकाशित मिति: १० फाल्गुन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?