२० असार, जाजरकोट । पुल निर्माणको म्याद सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजनाअन्तर्गत नलगाड नगरपालिका–१२ तल्लुस्थित भेरी नदीमा पुल बन्न सकेको छैन । गत वैशाख ७ गते निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । पुल निर्माण गर्दा पुलमा भएको
२० असार, पाल्पा । पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ। नगरपालिकाभित्र करिब एक हजार एक सय जनालाई समूहमार्फत बिरुवा उपलब्ध गराएको हो। नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत गठन भएका स्वावलम्बन समूह र युवा समूह गरी ५१ समूहलाई घाँसका
२० असार, महोत्तरी । महोत्तरीको रामगोपालपुर–१ मा गोली चल्दा एक जना घाइते भएका छन् । आपसी विवादका क्रममा मङ्गलबार साँझ गोली चल्दा ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् । गाला र कुममा गोली लागेर घाइते भएका यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । यसअघि यादवको पर्सा देवाडस्थित
२० असार, काठमाडाैँ । काठमाडौँको टोखा नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि स्थापना गरेको खेलकुद विकास कोषका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । टोखाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि टोखाभित्र विभिन्न खेलकुदको विकासका लागि उक्त रकम विनियोजन गरेको हो । टोखाले नगरभित्रका घरमा डिजिटल घर नम्बर
२० असार, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ । चार दिनदेखि अवरुद्ध बाटो खुलाउन आज बिहानैदेखि सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुसार डोजरको सहयोगमा बाटो खोल्ने काम भइरहेको छ । यसका लागि नाम्खा
२० असार, बैतडी । चालु आर्थिक वर्ष २०७९÷८० सकिन लाग्दासमेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन् । यहाँका स्थानीय तहको हालसम्म विकासे बजेट ७९ प्रतिशत मात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको रु एक अर्ब ६९ करोड ४८ लाख
२० असार, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । बजेटउपर असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको मङ्गलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । बहिष्कारपछि गए राति दुवै पक्षबीच
२० असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । नगरपालिकाअन्तर्गतका कर्मचारीले भने तलबभत्ता पाइरहेका छन् । तर स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका स्थायी स्वास्थ्य कर्मचारी तलबबाट वञ्चित छन् । तलब नपाउँदा घर खर्च टार्नसमेत
२० असार, कञ्चनपुर । कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि
२० असार, चितवन । नेपालमा क्यान्सर उपचारको क्षेत्रमा अग्रणी मानिएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन महिनादेखि कार्यकारी निर्देशक पद रिक्त हुँदा अस्पताल अस्तव्यस्त बन्दै गएको छ। बिरामीले पाउने नियमित सेवा र सुविधा घट्दै गएको छ। आर्थिक वर्षको मसान्तमा भुक्तानी र खरिदका काम रोकिएका छन्। तीन महिनादेखि कर्मचारीले तलब पाउन सकेका