Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

महोत्तरीमा गोली चल्यो, एक जना घाइते


२० असार, महोत्तरी । महोत्तरीको रामगोपालपुर–१ मा गोली चल्दा एक जना घाइते भएका छन् । आपसी विवादका क्रममा मङ्गलबार साँझ गोली चल्दा ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।

गाला र कुममा गोली लागेर घाइते भएका यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । यसअघि यादवको पर्सा देवाडस्थित जानकी एकेडेमी एकेडेमी हस्पिटलमा उपचार भएको थियो । यादवको अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि जानकी हेल्थ केयर लगिएको हो ।

जिल्ला प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीलिप गिरीका अनुसार आपसी विवाद चर्किदै गएपछि २० वर्षीय कौशल मण्डलले कटुवा पेस्तोलबाट तीन राउण्ड फायर गरेका थिए । मण्डलले फायर गरेको गोली यादवलाई लागेको थियो ।

प्रहरी प्रवक्ता गिरीले मण्डललाई कटुवा पेस्तो र तीन थान खोखासहित घटनास्थलबाट नियन्त्रणमा लिएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझको बेला रामगोपालपुर–१ स्थित बसपिट्टी र लक्ष्मीपुरका युवाबीच विवाद बढ्दै गएपछि मण्डलले गोली चलाएको स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?