Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

महोत्तरीमा गोली चल्यो, एक जना घाइते


२० असार, महोत्तरी । महोत्तरीको रामगोपालपुर–१ मा गोली चल्दा एक जना घाइते भएका छन् । आपसी विवादका क्रममा मङ्गलबार साँझ गोली चल्दा ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।

गाला र कुममा गोली लागेर घाइते भएका यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । यसअघि यादवको पर्सा देवाडस्थित जानकी एकेडेमी एकेडेमी हस्पिटलमा उपचार भएको थियो । यादवको अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि जानकी हेल्थ केयर लगिएको हो ।

जिल्ला प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीलिप गिरीका अनुसार आपसी विवाद चर्किदै गएपछि २० वर्षीय कौशल मण्डलले कटुवा पेस्तोलबाट तीन राउण्ड फायर गरेका थिए । मण्डलले फायर गरेको गोली यादवलाई लागेको थियो ।

प्रहरी प्रवक्ता गिरीले मण्डललाई कटुवा पेस्तो र तीन थान खोखासहित घटनास्थलबाट नियन्त्रणमा लिएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझको बेला रामगोपालपुर–१ स्थित बसपिट्टी र लक्ष्मीपुरका युवाबीच विवाद बढ्दै गएपछि मण्डलले गोली चलाएको स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?