Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

अवरुद्ध बाटो खुलाउन पहल


२० असार, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ । चार दिनदेखि अवरुद्ध बाटो खुलाउन आज बिहानैदेखि सुरु गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुसार डोजरको सहयोगमा बाटो खोल्ने काम भइरहेको छ । यसका लागि नाम्खा गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेको छ । अवरुद्ध बाटो चाँडै सञ्चालनमा आउने अध्यक्ष लामाले बताए ।

यस्तै ताक्रुखोलामा काठेपुल बनाउन लागिएको लामाको भनाइ छ । त्यहाँ हिल्सा–सिमकोट सडकखण्डको मोटरेबल पुलसमेत बन्दै छ । वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले सवारी आवतजावतका लागि काठेपुल बनाउन लागिएको अध्यक्ष लामाले बताउनुभयो । सो बाटो नभएर हुम्लाका अधिकांश बासिन्दा चीनको पुलाङ काउन्टी रोजगारीका लागि जाने गरेका छन् । अहिले आवतजावत रोकिएको छ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?