२३ असार, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ । महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०/८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फारम भर्न सूचनामा भनिएको छ । छात्रवृत्तिका
२३ असार, गोरखा । गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् । मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा परेका छन् ।
२३ असार, बागलुङ । ११ वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले आगामी साउनभित्रै चारपाङ्ग्रे सवारी साधनको ‘लाइसेन्स’ परीक्षा सुरु
२३ असार, बागलुङ । अविरल वर्षाका कारण आएको पहिराले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । शुक्रबार गएको पहिराले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका–७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । पहिराले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी
२३ असार, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ । चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी
२३ असार, मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने कृषकलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो । दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाईभैँसीपालन गरी दूध बेच्ने
२३ असार, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका नगरक्षेत्रमा दुईवटा गार्मेन्ट उद्योग स्थापना गरिएको छ । उपमहानगरले रू २० लाखको लगानीमा वडा नं ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ । वडा नं ५ मा ‘हेटौँडा गार्मेन्ट समूह उद्योग’ र वडा नं १८ को हर्नामाडीमा ‘स्वरोजगार महिला गार्मेन्ट उद्योग’ स्थापना गरिएको
२३ असार, झापा । हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ । छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उनि हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको
२३ असार, खोटाङ । साकेला गाउँपालिका–३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभरिका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचक पूरा गरेको पाइएपछि उक्त टोललाई पोषणमैत्री नमूना टोल सुनिश्चित र दिगोपना घोषणा गरिएको हो । पाँच वडा रहेको उक्त
२३ असार, डोटी । डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।